क्रेजी साप्ताहिक संखुवासभा । संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालयमा आगजनि भएको छ । गएराति करिब १२ बजे गरिएको आगजनिका कारण कार्यालयका कागजपत्र,फर्निचर लगायत अन्य थुप्रै सामग्रि जलेका छन् । यो सँगै साम सडक निर्माणका क्रममा रहेको स्काभेटरमा समेत अज्ञात समूहले आगजनी गरेको छ ।
आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने नगरप्रमुख विदुर सुब्बाले बताएका छन् । आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटरसमेत जलाएको छ । आगजनीको घटनापछि अहिले त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मिम लामाले बताए । आगजनीमा संलग्नको खोजीकार्य भइरहेको उनले बताए । वडा कार्यालय स्थानीय चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालनमा थियो ।