इरान र अफगानिस्तानमा बनेको पश्चिमी वायु नेपाल छि¥यो - Crazysaptahik.com

इरान र अफगानिस्तानमा बनेको पश्चिमी वायु नेपाल छि¥यो

काठमाडौं । इरान र अफगानिस्तानमा बनेको न्यूनचापीय पश्चिमी वायु प्रणाली नेपाल प्रवेश गरेको छ ।

हिउँदयाममा पानी र हिउँ पार्ने यो प्रणाली प्रवेश गरेसँगै देशभरको तापक्रममा गिरावट आएको छ । हिजो (बुधबार) साँझदेखि पश्चिमी वायु नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

यो प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने सम्भावना रहेको विभागले जारी गरेको विशेष मौसम बुलेटिनमा उल्लेख छ। आज देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

साथै, पछिल्लो पटक भित्रिएको मौसमी प्रणालीका कारण देशभरकै मौसम बदली भई अधिकतम र न्यूनतम तापक्रम समेत घट्नेछ। उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात र पहाडी भेगमा बर्षा भई तापक्रम घट्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । बुधबारबाट शुरू भएको यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुनेछ ।

– थाहाखबर

सम्बन्धित खवर