क्रेजी साप्ताहिक । नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेमाथि धरानमा कुटपिट भएको छ । समाचार लेख्न ढिला आएको निहुँ पारी सल्लेरी वचत तथा ऋण सहकारी संस्थाका पीडित वचतकर्ताहरुले पत्रकार काफ्लेलाई आक्रमण गरेका हुन् । सर्वसाधारणले बचत गरेको ८ करोड ६५ लाख रुर्पैयाँ सञ्चालकले लिएर सो सस्थाका सञ्चालकहरू फरार रहेको बिषयमा पीडितहरुले सम्मेलन आयोजना गरेका थिए । आक्रमणमा परी पत्रकार काफ्लेको देब्रे आँखामा गम्भीर चोट लागेको छ भने नाकको टुप्पो भाँचिएको छ ।
न्यूज २४ टेलिभिजन व्यूरो प्रमुख समेत रहेका काफ्लेलाई वीपी कोइराला स्वास्थय बिज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको छ । उनको स्वास्थ्य अवस्था भने उनको खतरामुक्त रहेको छ । काफ्लेलाई नरेश साही, दिपक राई र एक महिलाले आक्रमण गरेका हुन् । भीडमा अन्यले पनि कुटपिट गरेको बताइएको छ । पत्रकार आक्रमणको आशंकामा सल्लेरी पीडित वचतकर्ताहरु २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
पूर्वेली न्यूजबाट