बलात्कार आरोपमा इटहरीमा एक पक्राउ - Crazysaptahik.com

बलात्कार आरोपमा इटहरीमा एक पक्राउ


क्रेजी साप्ताहिक । बलात्कारको आरोपमा सुनसरी इटहरी उपमहानगरपालिका २० मा सन साहेव फर्निचरका संचालक राजेश कुमार मेहतालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी १९ की एक युवतीलाई बलात्कारको आरोपमा इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो ।

गत जेष्ठमा बलात्कार गरेर फरार रहेका मेहतालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । बलात्कार गरेर फरार भएका मेहताले जाहेरवालीलाई भारतिय नम्वरबाट ज्यान लिने लगायतको धाक धम्की दिदै आएका थिए । मेहतालाई जवरजस्ती करणी मुद्दामा दिन ५ को म्याद थप गरी अनुसन्धान भई रहेको इन्स्पेक्टर रमेशकुमार बस्नेतले बताए ।

सम्बन्धित खवर