क्रेजी साप्ताहिक । बलात्कार आरोपमा प्रहरी निगरानीमा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी माथि लागेको अभियोग पत्र तीन दिन भित्र अदालतमा बुझाइने भएको छ । तेस्रो पटक म्याद थपको क्रममा तीन दिनभित्र मिसिल बुझाउनु भन्ने अदालतको आदेश बमोजिमको तयारी थालिएको सुनसरी प्रहरीले जनाएको छ ।
अदालतको आदेश बमोजिम तीन दिन भित्र कृष्णदास उपरको मुद्दा अदालत बुझाइने सुनसरीका प्रहरी प्रवक्ता डीएसपी बिनोद शर्माको छ । डीएसपी शर्माका अनुसार कृष्णबहादुर गिरीसँगको बयान सकिएको छ । दुई पटक गरि ११ दिनको म्याद अस्पतालमै गुजारेका कृष्णदासलाई पछिल्लो पटक ३ दिन म्याद थप गरी पुनः बिराट नर्सिङ होममै लगिएको छ । प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका कृष्णदासलाई १० दिन म्याद थपको माग सहित प्रहरीले आज सुनसरी जिल्ला अदालत उपस्थित गराएको थियो ।
प्रहरीले मिसिल बुझाएपछि कृष्णदास उपरको मुद्दामा थुनछेक बहस सुरु हुनेछ । थुनछेक पश्चात कृष्णदासलाई पूर्वक्ष्यकालागि थुनामा राख्ने, धरौटीमा छाड्ने वा सादा तारिकमा छाड्ने तीन मध्ये एक आदेश हुन सक्ने कानुन व्यवसायीहरु बताउँछन् ।
पूर्वेली न्यूजबाट