बिबाहघरमा कुटपिट हुँदा एक जनाको मृत्यु - Crazysaptahik.com

बिबाहघरमा कुटपिट हुँदा एक जनाको मृत्यु

क्रेजी साप्ताहिक सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशि गाउपालिका ३ दाम्कुमा कुटपिटबाट १ जनाको मृत्यु भएको छ ।

स्थानीय कर्ण बहादुर कार्किको गत २५ गते बिबाहघरमा गएका सोही गाऊपालिका २ बस्ने १८ बर्षीय पबिधन राईलाई सोही गाउपालिका ३ का २७ वर्षीय डाकमान कार्कि समेत अन्य १०/१२ जनाको समुहले बादबिबाद गरी कुटपिट गर्दा घाईते भएका पबिधन राईलाई उपचारको लागी के एम सि अस्पताल सिनामंगल काठमाण्डै लगीकोमा ऊपचारको क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कुटपिटमा संलग्न डाकमान कार्किलाई नियन्त्रणमा लिनुका साथै फरार रहेका अन्यको खोजतलाश भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर