क्रेजी साप्ताहिक जनकपुरधाम । तीन जनाको ज्यान जाने गरी धनुषाको क्षिरेश्वरनाथ ५ स्थित महेन्द्रनगरमा बम राखेको आशंकामा दुई जना पक्राउ परेका छन् ।
दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले पुष्टि गरे पनि यसबारे थप बताउन चाहेनन् । पक्राउ परेकामध्ये एक जना नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता रहेको बताइएको छ । महेन्द्रनगरस्थित राजेश साहको घरको गेटमा राखिएको बम पड्किँदा साहसहित उनका छोरा आनन्द र प्रहरी निरीक्षक अमिर दाहालको ज्यान गएको थियो ।