सप्तरीमा माछा मार्ने क्रममा शिशुको शव फेला - Crazysaptahik.com

सप्तरीमा माछा मार्ने क्रममा शिशुको शव फेला


क्रेजी साप्ताहिक सप्तरि । सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३ हर्दियास्थित एक पोखरीमा शनिबार नवजात शिशुको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाए अनुसार तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु (बालिका) को शव फेला परेको हो ।

गाउँको भित्री सडकखण्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा माछा मार्न हालेको जालमा बालिका मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइले जानकारी दिए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । नवजात शिशुलाई बेवारिसे अवस्थामा कसले र किन फालेको हो, त्यस बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रसाइले बताए ।

सम्बन्धित खवर