धनुषा विस्फोटमा संलग्नमाथि कारबाही माग गर्दै शैक्षिक संस्था बन्द - Crazysaptahik.com

धनुषा विस्फोटमा संलग्नमाथि कारबाही माग गर्दै शैक्षिक संस्था बन्द


क्रेजी साप्ताहिक जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा ३ जनाको ज्यान जानेगरि भएको बम विस्फोटमा संलग्नमाथि कारबाहीको माग गर्दै जिल्लाभरिका निजी विद्यालयहरू आइतबार बन्द गरिने भएका छन् ।

धनुषाभरिका नीजि विद्यालय र क्याम्पस संस्थागत विद्यालय संरक्षण समितिको आह्वानमा बन्द गर्न लागिएको हो । समितिका संयोजक चन्द्रनारायण मण्डलले विस्फोटको घटनामा संलग्नहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दै सम्पूर्ण निजी विद्यालय तथा क्याम्पसहरू १ दिन बन्द गर्ने निर्णय भएको बताए ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ मा शनिबार बिहान अज्ञात समूहले राखेको बम विस्फोट भएको थियो ।

विस्फोटमा राजेश्वर साह, जनकपुरधामस्थित सिद्वार्थ शिशु सदनको कक्षा १० मा अध्ययनरत उनका १५ बर्षीय छोरा आनन्द र प्रहरी निरीक्षक अमीर दाहालको मृत्यु भएको थियो । प्रहरीले विप्लव नेतृत्वको नेकपाका ३ कार्यकर्ता पक्राउ परे पनि घटना कसले घटायो भन्ने खुलिसकेको छैन ।

सम्बन्धित खवर