क्रेजी साप्ताहिक । सिन्धुपाल्चोकको खाडिचौर–जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए अनुसार दोलखाको कालिन्चोकबाट काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलोमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो । उनले दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने बताए ।
घटनाको थप विवरण आउन बाँकी छ ।