क्रेजी साप्ताहिक
तीन बर्षे कार्यकालको लागी शनिबार सम्पन्न नेपाल चलचित्र निर्देशक समाजको चुनावी साधारणसभाले रक्षासिंह राणाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । १ मतले अध्यक्ष पदमा रक्षा विजयी भईन । निर्वाचनमा १ सय ३५ खसेको मतमा १७ मत बदर भएको थियो । निकतटम प्रतिद्वन्द्वी पुर्व अध्यक्ष समेत रहेकी सुचित्रा श्रेष्ठले ४४ मत ल्याउँदा रक्षाले ४५ मत ल्याइन् । त्यस्तै लक्ष्मण रिजालले १९ र शेखर खनालले ३ मत मात्र प्राप्त गरे ।
राजु अधिकारीले उपाध्यक्ष पदमा ५८ र राजेन्द्र उप्रेतीले ६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी बिजयरन्त तुलाधरले ५७ मत ल्याउँदा १ मतले पछि परे । आरविके खत्री ‘शरद’ले २१ मत पाए । महासविच तर्फ भने जनकद्वीप पराजुली ६१ मतका साथ विजयी भएका छन् भने प्रतिद्वन्द्वी समिर बलामीले ४० मत ल्याए भने दिनेश लिङ्देनले ११ मत ल्याए ।
सचिव पदमा अरुणकुमार प्रधान सर्वाधीक ५९ मतका साथ विजयी भएका छन् । प्रतिद्वन्द्वी जनक खड्काले ३६ र विश्वमणी घिमिरेले १७ मत ल्याए । कोषाध्यक्षतर्फ समुन्द्र भट्ट निर्विरोध निर्वा्चित भईन भने निर्विरोध हुनेमा सह( कोषाध्यक्षमा हरी शिलवाल लगायत बाँकी ६ सदस्य पनि निर्विरोध चयन भएका छन् । तीन बर्षे कार्यकालको लागी सदस्यहरुमा किशोर भण्डारी, दीपक वली, भिषण राई, राज बस्न्याल, नविन अर्याल र देवेन्द्र पाण्डे आउँदा मुख्य सहायक निर्देशक तर्फको दुई सदस्यमा सुरेश न्यौपाने र थमनसिंह पुर्जा चयन भएका छन् ।