भूमिप्रसाद पाठक
मोरङको पथरीशानिश्चरे–१ मा अवस्थित प्याव्सन नगर अन्तर विद्यालय भलिबल प्रतियोगिता भुपू सैनिक बोडिङ स्कुलको प्राङ्गणमा सम्पन्न गरिएको छ । यही मङ्सीर २७ र २८ गते भएको छात्रा ् छात्र भलिबल प्रतियोगितामा रेडस्टार मा. वि प्रथम र वाल्मिीकि मा. वि दोस्रो भएका छन् । त्यसैगरी, बेस्ट प्लेयर्स छात्रातर्फ रेडस्टार मा.वि. अंशु राईलाई वेस्ट प्लेयर्सको लागि मेडल दिइएको थियो ।
त्यसरीनै छात्र तर्फ भएको भलिबल प्रतियोगितामा अन्नपूर्ण मा.वि.प्रथम चुम्न सफल भएको छ भने दोस्रो स्थानमा मोरङ मेरीगोल्ड बोर्डिङ् उपविजेता बनेको छ, सोही प्रतियोगिताको जानकारी खेल संयोजक खगेन पुलामीले जानकारी दिए । उक्त, खेलको भलिबल छात्रतर्फ वेस्ट प्लेयर्सको रुपमा अन्नपूर्ण मा. वि का प्रज्वल गुरुङलाई मेडल प्रदान गरिएको छ । सो कार्यक्रमका प्रमुख अतिथि तथा पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राई र अन्य विशिष्ट अतिथि र अतिथिहरु मोरङ प्याव्सन जिल्ला कार्य समिति सदस्य सन्तोष बस्नेत नगर प्याव्सन सल्लाहकार सदस्य, मनरथ खेरल वाल्मिीकि मेमोरियलका प्रिन्सिपल चन्द्रप्रसाद दुलाल, रेडरुटार मा.वि का प्रिन्सिपल ् निर्देशक टी. एन. तिम्सीना र अन्नपूर्ण मा. विका प्रिन्सिपल दिनेश बराल लागायतले विजेता र उपविजेता टिमलाई संयुक्त रुपमा ट्रफी, मेडल र प्रमाण पत्र समेत प्रदान गरेका थिए ।
सोही कार्यक्रमको अध्यक्षता नगर प्याव्सनका सचिव सुरेन्द्र लिम्बुले गरेका थिए । उक्त कार्यक्रमको आयोजना प्याव्सन नगर कार्य समिति मोरङले गरेको हो ।