धनुषाका दुई स्थानमा भेटिए शंकास्पद वस्तु भेटिए, निष्किय पार्ने तयारी - Crazysaptahik.com

धनुषाका दुई स्थानमा भेटिए शंकास्पद वस्तु भेटिए, निष्किय पार्ने तयारी


क्रेजी साप्ताहिक जनकपुरधाम । बम विस्फोटबाट प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको धनुषामा आज पनि शंकास्पद वस्तु फेला परेको छ । धनुषा सदरमुकामसमेत रहेको प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम–९ को संकटमोचन मन्दिर र बाह्रबिघा मैदान नजिकै शंकास्पद वस्तु भेटिएको हो । प्लाष्टिकमा बेरिएको अवस्थामा बमजस्तै शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

 

कार्कीका अनुसार, शंकास्पद वस्तु राखिएको संकटमोचन मन्दिरनजिकै अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्ने प्रयास गरिरहेको छ । यही टोली शंकास्पद वस्तु भेटिएको बाह्र बिघामा जाने उनले जानकारी दिए । शंकास्पद वस्तु भेटिएका दुवै स्थानलाई घेरा हालेर राखेका छौं’, डीएसपी कार्कीले भने, ‘अहिले संकटमोचननजिकै भेटिएको शंकास्पद वस्तु डिस्पोजको काम भइरहेको छ । यसपछि अर्को स्थानमा जानेछौं ।’

गत शुक्रबार राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगरमा शक्तिशाली बम विस्फोट भएको थियो । जसमा बाबु–छोरासहित एक प्रहरी अधिकारीको मृत्यु भएको थियो । चार जना गम्भीर घइते भएका छन् । यो घटना सेलाउन नपाउँदै पुनः शंकास्पद वस्तु भेटिएपछि स्थानीय त्रसित बनेका छन् ।

सम्बन्धित खवर