सामूहिक बलात्कारको आरोपमा दुई पक्राउ - Crazysaptahik.com

सामूहिक बलात्कारको आरोपमा दुई पक्राउ


क्रेजी साप्ताहिक काठमाडौं । प्रहरीले सामूहिक बलात्कारको आरोपमा तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

३० वर्षकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीका अनुसार ३९ वर्षका रोमराज पुतुवार र ४९ वर्षका लाले गुरुङ पक्राउ परेका छन् ।

सम्बन्धित खवर