द भ्वाईस अफ नेपाल को सिजन १ मा जितेको गाडि अहिले सम्म नपाएको सि.डीको गुनासो - Crazysaptahik.com

द भ्वाईस अफ नेपाल को सिजन १ मा जितेको गाडि अहिले सम्म नपाएको सि.डीको गुनासो


क्रेजी साप्ताहिक काठमाडौ । ‘द भ्वाईस अफ नेपाल’ रियालिटी शोको दोश्रो सिजन सकिसक्दा पनि पहिलो सिजनका विजेताले जितेको पहिलो पुरस्कार समेत हालसम्म नपाएको रहस्य खुलेको छ ।

द भ्वाइसको पहिलो सिजनको विजेता सिडी विजय अधिकारीका अनुसार उनले अहिले सम्म पनि पुरस्कार पाइसकेका छैनन् । गाडी मात्र नभएर उनले पाउने भनिएको नगद पुरस्कार समेत पूर्ण रुपले नपाएको उनले एक अन्तरवार्ताको क्रममा खुलाएका छन् । उनले आफु भित्रको खुबी निकाल्न ‘द भ्वाईस’बाट सक्दो सहयोग नभएको र अहिले सम्म आफ्नो पहिलो गित सम्म रिलिज नगर्देको गुनासो पोखेका छन् । अन्तरवार्ताकै क्रममा अधिकारीले ‘द भ्वाईस’ का सदस्यसंग भेटघाट भईरहेको तर उनीहरुले गरेका वाचाहरु समयमा पूरा गर्न नसकेको तितो अनुभव पोखेका छन् ।

क्यानाडा नेपालका मदन रिजालसंग कुराकानी गर्दै सिडी विजय अधिकारीले भने ‘‘मेरो नाम द भ्वाईसले गर्दा संसारभरिका नेपालीहरुले चिनेका छन् तर आफुभित्र भएको प्रतिभा मैले द भ्वाईसबाट निकाल्न भने सकेको छैन । एकवर्षको कन्ट्राकले गर्दा मैले आफुलाई अगाडि लाग्न पनि सकिन साथै द भ्वाईसले पनि सोचे अनुरुप मेरो खुबी र प्रतिभालाई बाहिर ल्याउन सकेन । सायद वहाँहरुको पनि आफ्नै समस्या होला त्यसैले मैले धेरै दुख मनाउ गरेको छैन तर मैले सोचे अनुरुप विजेता भएर आफ्नो प्रतिभा प्रस्तुत गर्न पाएको छैन ।”

सिडी विजय अधिकारीका अनुसार जितेको पुरस्कार नपाएको विषयमा भन्छन स्”मैले द भ्वाईस जितेपछि ठुलो भईस पैसा कमाईस गाडि पाईस भनेर साथीभाई भन्छन तर आफुले भने पाउनु पर्ने पूर्ण पैसा र गाडि अहिले सम्म पाएको छैन । नगद पुरस्कार भने आधि पाईसकेको छु र केही पाउन बाँकी छ भने गाडि चाहि द भ्वाईस टिमले नयाँ सम्झौता गरेर केही समयमा दिने वाचा गर्नुभएको छ ।”

सम्बन्धित खवर