क्रेजी साप्ताहिक काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीको तीनवर्षे कार्यकाल सकिएको छ । कार्यकाल सकिएपनि उनी स्वदेश फिर्ता भने १५ पुसमा गर्नेछन् ।
काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ । उनले यसअघि आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि बिदाइ भेट गरेका छन् । अब भारतले नेपालका लागि नयाँ राजदूत पठाउने छ । तर, कसलाई राजदूत नियुक्त गर्छ भन्ने अहिलेसम्म यकिन भइसकेको छैन । नेपालका लागि नयाँ भारतीय राजदूतको रूपमा विकास स्वरूप, अखिलेश मिश्रा, गोपाल बगालेलगायतको नाम चर्चामा छ ।