क्रेजी साप्ताहिक वीरगञ्ज । ४ वर्षदेखि फरार रहेका ज्यान मार्ने उद्योग मुद्धाका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका –४ बस्ने २२ वर्षीय राजेश यादव पक्राउ परेका हुन् ।
२०७२ असार २५ गते जिल्ला पर्सा १६ वर्षीय सुनिल यादवलाई उनले लाठी फाटाले कुटपिट गरी घाइते बनाएका थिए । उनी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । घटनापछि फरार उनलाई मंसिर ३० गते सोमबार साँझ प्रहरीले गाउँबाटै नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।