चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु - Crazysaptahik.com

चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

क्रेजी साप्ताहिक इटहरी । चिसोले कठ्याङ्ग्रीएर इटहरीमा एक जनाको मृत्यू भएको छ । गोरखा बेकरी अगाडीको बेबिलोन बोडिङ स्कुल छेउमा एक जना अपरिचित व्यक्तीको शव फेला परेको हो । सडकमा मागेर हिड्ने नाम थर नखुलेको ती व्यक्तीको अत्याधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

बुधबार बाट इटहरीमा चिसो ह्वात्तै बढेको छ । आज विहान इटहरीको तापक्रम १७ डिग्री सेल्सिएस मापन गरिएको छ । अझै तापक्रम घट्न सक्ने मौसमविदहरुले बताएका छन ।

सम्बन्धित खवर