क्रेजी साप्ताहिक कावासेति । कावासोती नगरपालिका वडा नं ८ स्थित हिमालयन बैंक लिमिटेड बैंकको कावासोती शाखा मार्फत ‘मौलाकालिका अपांग सेवा संस्था’मा आश्रित अनाथ एवं फरक क्षमता भएका वालवालिकाहरुलाई सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संस्थामा आश्रित वालवालिकाहरुलाई सहयोग प्रदान गरेको हो । उक्त अपांग सेवा संस्थाका २१ जना बालबालिकाहरुलाई बैंकले आवश्यक ग्यास चुलो, खानेपानी फिल्टर, राईस कुकर तथा खाद्यान्नहरु ९ चामल, दाल, खाने तेल, नुन, चिनी, चिउरा, विस्कुट तथा साबुन आदि प्रदान गरेको छ ।
देशका विभिन्न स्थानका अनाथ एवं शारिरीक रुपमा अशक्त बालबालिकाहरुलाई उक्त अपांग सेवा संस्थाले आश्रय दिइरहेको छ ।