विमानस्थलबाट तीन किलो कोकिनसहित बोलिभियन नागरिक पक्राउ - Crazysaptahik.com

विमानस्थलबाट तीन किलो कोकिनसहित बोलिभियन नागरिक पक्राउ


क्रेजी साप्ताहिक काठमाडौं । त्रिभुवन विमानस्थलबाट ३ किलोग्राम लागूऔषध (कोकिन) सहित बोलिभियन नागरिकलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।

फ्लाई दुबईको फ्लाइटबाट काठमाडौं आएकी ४१ वर्षीय बोलिभियन नागरिक हेरेरा आर्टेगा ओल्गालाई मंगलबार विहान ९ बजे लागू औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले ज्याकेटभित्र प्लास्टिकले बेरी ३ किलोग्राम कोकिन ल्याएकी थिइन् । उनीमाथि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

सम्बन्धित खवर