क्रेजी साप्ताहिक काठमाडौँ । थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।
आज सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि गोलरहित बराबरीमा टुङ्गिएको हो । निर्धारीत समयसम्म निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा एक एक अङ्क बाँडिएको थियो ।