पत्निसहित एक महिनाका लागि झापा आए पूर्वराजा ज्ञानेन्द्र - Crazysaptahik.com

पत्निसहित एक महिनाका लागि झापा आए पूर्वराजा ज्ञानेन्द्र


क्रेजी साप्ताहिक झापा । आफ्नी पत्नि कोमल शाहलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाह झापा आएका छन् । एकमहिने बसाइका लागि उनिहरु झापा आएका हुन् । वुधबार दिउँसो १ बजेर २८ मिनेटमा श्री एयरलायन्सको जहाजबाट पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल भद्रपुर स्थित चन्द्रगढी विमानस्थल ओर्लिएका थिए ।

राजालाई स्वागतका लागि विहानै देखि सयौँको सङ्ख्यामा आएका समर्थकले पूवराजा रानीलाइ फुलमालले सम्मान गरेका थिए । विमानस्थल आर्लिएका शाह दम्पत्ती सिधै समर्थकको सम्मान लिदै करिब आधा घण्टाको समय खर्चिएर एयरपोर्टबाट बाहिरिएका थिए । नेपाल प्रहरी ,सशस्त्र प्रहरी,साधा पोशाकका प्रहरी,शिव सेना र हिन्दु सेनाले उनीहरुको सुरक्षाको लागि स्कटिङ गरेका थिए । उनका समर्थकहरुले राजा आउ देश बचाउ, नेपाल आमा के भन्छिन, राजतन्त्र ले भन्छिन, गणतन्त्र मूर्दाबाद जस्ता नारा लगाएका थिए । समर्थको भिडलाइ मिलाउन सुरक्षाकर्मीलाइ हम्मेहम्मे परेको थियो । शाह दम्पती एयरपोर्टबाट दमकमा रहेको उनको निवासमा आएका छन ।

सम्बन्धित खवर