क्रेजी साप्ताहिक रुकुम । प्रहरीले एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुकुमपश्चिमका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीस नगरपालिका–८ डाँफेका २२ वर्षीय केशव आरसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार उनले पति नभएकी महिलाको घरमा गएर जबर्जस्ती करणी गरेका हुन् । केशवले मंसिर २७ गते राति पति घरमा नभएकी ४० वर्षीया महिलालाई र अर्की ४५ वर्षीया एकल महिलालाई जबर्जस्ती करणीको प्रयास गरेका थिए ।
सोही रात घरमा सुतिरहेकी ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ । केशवले दुई महिलालाई बलात्कारको प्रयास गरे पनि प्रतिकार गरेपछि तेस्रो घरमा गएर जबर्जस्ती करणी गरेको स्वीकारेका छन् । प्रतिकार गरे पनि जबर्जस्ती करणी गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ। पीडित तीनै महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।