उदयपुरमा बोलेरो दुर्घटना, पथरीका २ सहित ४ जनाको मृत्यु (नामावली सहित ) - Crazysaptahik.com

उदयपुरमा बोलेरो दुर्घटना, पथरीका २ सहित ४ जनाको मृत्यु (नामावली सहित )


क्रेजी साप्ताहिक उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ जरुवा स्थित भित्रि सडक खण्डमा बोलेरो गाडी सडकबाट तल खस्दा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

आज बिहान सवा ९ बजेको समयमा तामलडाडाबाट कटारीतर्फ जादै गरेको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अंदाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर उदयपुरको उदयपुरगढि गाऊपालिका ३ घर भई हाल मोरङ पथरी बस्ने बर्ष ६१ को टिक नारायण श्रेष्ठ, बर्ष ४७ को ढक बहादुर मगर, बर्ष ४७ को मिन नारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ ।

साथै मोरङको पथरी ४ बस्ने बर्ष ३५ को टिकाराम श्रेष्ठलाई उपचारको लागी कटारी अस्पतालमा पूर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । त्यसैगरी सोही दुर्घटनामा परेर गम्भिर घाईते भएका मोरङ पथरी ४ बस्ने बर्ष ५५ को लक्ष्मी प्रसाद राई र भारतको सिक्किम बस्ने बर्ष २८ को पवन राईलाई उपचारकोलागी नोवेल अस्पताल विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित खवर