महिला उद्यमी मेलाको छैटौ दिनः कारोबार निरासजनक स्टल सञ्चालक हाइ काटदै बस्छन - Crazysaptahik.com

महिला उद्यमी मेलाको छैटौ दिनः कारोबार निरासजनक स्टल सञ्चालक हाइ काटदै बस्छन

क्रेजी साप्ताहिक
इटहरी । मंसिर २८ गतेबाट सुनसरीको इटहरीमा जारी दोस्रो राष्ट्रिय उद्यमशिल महिला मेला अन्तरगत बुधबार पाँचौ दिन सकिएर छैटौ दिनमा आइपुग्दा उपलब्धि र कारोबार निरासजनक रहेको पाइएको छ । दैनिक राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुती रहे पनि मेलामा अवलोकन कर्ताहरूको संख्या दिनै घटेको पाइएपछि कारोबार निरासजनक रहेको पाइएको हो । मेलाको पहिलो दिन ३०० भन्दा बढी टिकट बिक्री भए पनि तेश्रो दिन देखि लगातार ओरालो लाग्न थालेको आयोजक आफैले बताएका छन ।

५० हजार भन्दा बढी आन्तरिक पर्टकहरू भित्र्याउने योजना सहित इटहरीमा पहिलो पटक महिलाहरूको समुहले लगाएको उद्यमशिल मेलामा बुधबार सम्ममा मुस्किलले २६५५ जना आन्तरिक पर्यटकहरूले अवलोकन गरेको पाइएको छ । अहिले सम्म मेलामा करीब तिन लाख बराबरको टिकट बिक्री भएको आयोजकबाट बुझिएको छ ।

दैनिक आउने राष्ट्रिय कलाकारहरूलाइ ब्यवस्थापन देखि शुल्क सम्म सबै खर्च मेला आयोजकले बेहोर्दै आएको छ । एक जना कलाकार बराबर ३० हजार देखि ४० हजार सम्म शुल्क तिर्दै आएको आयोजक कमिटि अन्तरगत सचिवालयले जनाएको छ । यसरी हेर्ने हो भने मेला अहिले घाटामा सञ्चालन हुदै आएको आयोजकले पनि स्विकारेको छ । जुन अपेक्षा अनुसार मेला लगाइएको थियो त्यो अनुसार भएन आयोजक कमिटि नेपाल उद्यमशिल महिला महासंघकि अध्यक्ष देविका बुढाथोकीले बताउनुभयो ।

यता उद्यमशिल महिलाहरूको समुहले सञ्चालन गरेको मेलामा महिलाहरूको सहभागि न्युन देखिनु र पर्याप्त प्रचार प्रसार नहुनु तथा स्थान पायक नपर्नु मेला घाटामा सञ्चालन हुनुको मुख्य कारण मानिदै आएको छ । महिलाहरूबाट उत्पादित घरेलु सामग्रीहरूको प्रवर्दन तथा स्थानीय स्तरबाट उत्पादन भएका उपभोग्य बस्तु एवम लताकपडाहरूको प्रदर्सन गर्ने उद्येस्य सहित सो मेला सञ्चालनमा आएको थियो । प्रति ब्याक्ति रू १०० का दरले टिकट बिक्री हुदै आएको मेला आगामि पुस ६ गते सम्म सञ्चालन हुने छ ।

सम्बन्धित खवर