क्रेजी साप्ताहिक । अज्ञात व्यक्तिले सङ्खुवासभाको धर्मदेवी नगरपालिका ३ मुडे शनिश्चरेस्थित सगरमाथा टि स्टेटका म्यानेजर हर्क कुलुङ राई माथि गोली प्रहार गरेका छन् । तर, राई कोठाभित्रै लुकेर गोली लाग्नबाट बचेका छन् । आफू असुरक्षीत भएको भन्दै उनी अहिले स्थानीय प्रहरी चौकीमा शरण लिएर बसेका छन् ।
बुधबार राती १० बजेको समयमा म्यानेजर राई सुतिरहेको अवस्थामा टि स्टेट स्थित उनको क्वाटरको ढोका तोडफोड गरी हात छिराएर अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । क्वाटरमा सुतिरहेका राईले आफूलाई ताकेर गोली प्रहार गरिए पनि आफू लुकेर जोखिन सफल भएको बताए । गोली भने ढोका माथिको भागमा लागेको थियो ।