महिला फुटबल प्रतियोगितामा नेपाल र बहराइन बराबरी - Crazysaptahik.com

महिला फुटबल प्रतियोगितामा नेपाल र बहराइन बराबरी

क्रेजी साप्ताहिक काठमाडौँ । नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् । गएराति बहराइनमा भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेलेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । सविता रानामगारले नेपालका लागि एक गोल गरेकी थिइन् ।

तीन मैत्रीपूर्ण खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा बराबरी बनाउन सफल भएको थियो । नेपालले पहिलो खेलमा बहराइनको यू–१९ टोलीलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो र दोस्रो खेलमा नेपालले ३–० को जित निकाल्न सफल भएको थियो ।

सम्बन्धित खवर