२ लाख घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ - Crazysaptahik.com

२ लाख घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ


क्रेजी साप्ताहिक काठमाडौं । सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका १८ का वडाध्य‌‌क्ष गोपाल डिस्वा मगरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

नाता प्रमाणित, घररगोठ बाटो प्रमाणित तथा औषधि उपचारको सिफारिस गरिदिने प्रयोजनका लागि लेखनदास रविन्द्रप्रसाद यादवसँगको मिलेमतोमा ुसेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा वडाध्यक्ष मगरलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । सेवाग्राहीले दिएको २ लाख रुपैयाँको रसिद माग गर्दा नदिएपछि वडाध्यक्ष मगरविरुद्ध परेको उजुरीको आधारमा उनीसहित लेखनदास यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

वडाध्यक्ष डिस्वा मगरलाई रामग्राम नगरपालिका १८ स्थित होली चाइल्ड स्कुल नजिकबाट र लेखनदास यादवलाई मालपोत कार्यालय नवलपरासी बर्दघाट (सुस्ता पश्चिम) जाने बाटोबाट बिहीबार नियन्त्रणमा लिएको उनले बताए ।

सम्बन्धित खवर