क्रेजी साप्ताहिक इटहरी । बनभोजको लागि इटहरीबाट भेडेटार हिडेको बस दुर्घटना भएको छ । इटहरीको बेबीलोन बोडिङ स्कुलको बस भित्तामा ठोकिएर दुर्घटना हुदा ९ जना विद्यार्थी घाईते भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । इटहरीको जनता क्याम्पस र ज्योती माविका विद्यार्थीहरु मिलेर पिकनिक गएको बस दुर्घटनामा परेको बताइएको छ ।
विद्यार्थीहरु बेबीलोन बोडिङ स्कुलको को १ क १८६६ नम्बरको स्कुल बसमा बनभोज गएका थिए । दुर्घटनामा घाइते हुनेहरुमा सोनु तामाङ, रोजिना सापकोटा,विधान लिम्बु,जेनिसा खेवा,सोहन मगर,पंकज मुखिया,निसा चौहान ,चालक द्धारिक विष्ट र सहचालक पदम खनाल घाईते भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाकरी दिएको छ । बनभोज हिडेको बस एक्कासी ब्रेक फेल भए पछि चालकले भित्तामा बस हानेर यात्रु जोगाउन सफल भएका थिए । घाईतेहरुको मुलघाटमा उपचार भईरहेको ट्राफिक प्रहरीले बताएको छ ।