पथरीशनिश्चरेकी रिजुले पहिरिइन मिस पूर्वाञ्चलको ताज - Crazysaptahik.com

पथरीशनिश्चरेकी रिजुले पहिरिइन मिस पूर्वाञ्चलको ताज


क्रेजी साप्ताहिक धरान । १० औँ मिस पूर्वाञ्चलको ताज पथरीशनिश्चरेकी रिजु भट्टराइले पहिरिएकी छिन् । धरान सभागृहमा शनिबार मध्यरात सम्पन्न मिस पूर्वाञ्चलको फाइनल चरणबाट सहभाथी २० प्रतियोगीहरुलाई पछि पार्दै विजेता बनेकी हुन् । उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता समेत हुन् । क्षत्री बाहुन समुदायमा पहिलोपटक उनी मिस पूर्वाञ्चल घोषित भएकी छिन् । जातिगत आधारमा यस अघिको नतिजा हेर्ने हो भने अनिला क्षत्री २०१९ मा फस्ट रनरअपसम्म बन्न सफल बनेकी थिइन् ।

मिस पूर्वाञ्चलको २०१० मा सम्पन्न प्रतियोगितामा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ, २०१२ मा सुनसरीकी अस्मिता गुरुङ, २०१३ मा सुनसरीकी नेहा बजाज, २०१४ मा मोरङकी नेमिता आङबुहाङ, २०१५ मा मोरङकी प्रियङ्का श्रेष्ठ, २०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु, २०१८ मा झापाकी पूजा श्रेष्ठले उपाधि जितेका थिए ।

उनलाई यसअघिकी विजेता पूजाले क्राउन पहिरिदिएकी थिइन् । उनले उपाधिसँगै २ लाख रूपैयाँ पनि पाइन् । उनले अध्ययनका लागि युएन कलेजको छात्रवृत्ति समेत प्राप्त गरेकी छिन् । उनले उपाधिसँगै मिस पर्सनालिटीको पनि सवटाइटल जितेकी थिइन् । पथरीको पञ्चायत उमाविबाट प्लस टु गरेकी रिजु सङ्गीत, चित्रकला साथै गायनमा रुचि राख्ने गरेको बताउँछिन् ।

त्यस्तै, एन्जल राई फस्टरनर अप बनिन् भने सिमरन लिम्बू फस्टरनरअप बनिन् । प्रमुख निर्णायक दीप श्रेष्ठले सोधेको भिजिट नेपालसम्बन्धी प्रश्नको सटिक जवाफ दिँदै उनीहरूले उपाधि जितेका हुन् । टप १२, टप ५ हुँदै नतिजा घोषणा गरिएको थियो । रिजुलेमिस पूर्वाञ्चलको उपाधिसँगै हङकङ घुम्ने अवसर प्राप्त गरेकी छिन् ।

प्रतियोगिताको मिस फोटोजेनिक रेश्मा राई, मिस वेष्ट वर्क सुस्मिता बराइली, मिस मल्टीमिडिया एञ्जल राई, मिस इन्टरएक्चुअल सिमरन लिम्बू, मिस पंचुअल स्वेता पोख्रेल, मिस ट्यालेन्ट अनुपमा बस्नेत, मिस वेष्ट कम्प्लेक्सन विपना तामाङ, मिस फोटोजेनिक एन्जल राई घोषित भए । उनीहरूले नगद १५ हजार पनि पाए ।

सम्बन्धित खवर