रमेश बाहुन समूहका सुटर पक्राउ - Crazysaptahik.com

रमेश बाहुन समूहका सुटर पक्राउ


क्रेजी साप्ताहिक काठमाडौं । गुन्डा नाइके रमेश बाहुन समूहका एक सुटरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५ वर्ष जेल सजाय भोगेर छुटेका दुर्गा राई रहेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली कोटेश्वर क्षेत्रबाट उनलाई पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले पुष्टि गरे । उनले भने, ‘व्यवसायीलाई धाकधम्की दिएर गुण्डागर्दी गरेको भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं ।’

थापाका अनुसार प्रहरीको ‘मोस्ट वान्टेड’ गुण्डा नाइके दावा लामा समूहका विष्णु धिताल पनि पक्राउ परेका छन् । काभ्रेका धिताल यसअघि गुण्डा नाइके गणेश लामाको समूहमा थिए ।
बाहुन अहिले केन्द्रीय कारागारमा छन् भने लामा सिक्किमतिर लुकेर बसेको मानिन्छ ।

सम्बन्धित खवर