सातामै ५२ थान मोवायल फेला पारी सम्बन्धीत धनीलाई फिर्ता - Crazysaptahik.com

सातामै ५२ थान मोवायल फेला पारी सम्बन्धीत धनीलाई फिर्ता

क्रेजी साप्ताहिक सुनसरी । बिभिन्न ब्रान्डका ५२ थान मोवायल सेट फेला पारी ईलाका प्रहरी कार्यालय ईटहरीले सम्बन्धीत धनीहरुलाई बुझाएको छ । ईटहरी लगाएत आसपासका सर्वसाधरणहरुले आफ्ना मोवायल हराएको भनी निवेदन दिए संगै खोजतलास गरिरहेको प्रहरीले यो सातामा मात्र ५२ थान मोवायल फेला पारी आज सम्बन्धीत धनीहरुलाई बुझाएको हो ।

हराएका तथा चोरी भएका मोवायलहरुको सम्बन्धमा प्राप्त निवेदनको आधारमा खोजतलास गरी फेला परेका मोवायल फोनहरु सम्बन्धीत धनीलाई बुझाईएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । २०७६ साल बैसाख महिना देखि ईलाका प्रहरी कार्यालय ईटहरीमा ऋम्च् शाखा स्थापना भए पछी हराएका तथा चोरी भएका बिभिन्न ब्राण्डका करिव ४७ लाख ५२ हजार ८९० रुपैयाँ बराबरको १९५ थान मोवाईल फेला पारी बुझाई सकिएको र अनुसन्धान पश्चात मोवाईल चोरीमा संलग्न ८ जना व्यक्तिहरूलाई पक्राउ गरी चोरी मुद्दा अन्तरगत कारवाही गरिएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.