क्रेजी साप्ताहिक । चर्चित गीतकार तथा संगीतकार सुक गुरुङको आइतबार निधन भएको छ । मधुमेह र मृगौला रोगबाट पीडित उनी लामो समयदेखि उपचाररत थिए । उनले ५४ वर्षकै उमेरमा अन्ततः यो धर्ती छाडे।
संगीतकार एवं रचनाकार गुरुङ लामो समय नेपथ्य सांगीतकि समुहमा आवद्ध थिए । ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’, ‘आँखैमा झल्झली’, ‘भाइटीकामा भेट्न आउँला’, अरुणा लामाको स्वरमा रहेको ‘दोष कसैलाई दिन चाहन्न’ लगायतका उनका दर्जनौँ गित दर्शकसामु लोकप्रिय छन् । गुरुङका ईशारा भाग १, भाग २ लगायतका गीती एल्बमहरु प्रकाशित भएका छन् भने उनको ‘यी मेरा अन्तर्वेदनाहरु’ गीत संग्रह २०७२ असारमा प्रकाशित भएको थियो ।
जस्मा उनका ७८ वटा गीतहरु समावेश गरिएको छ । संगीतकार सुक गुरुङको स्थायी ठेगाना दिव्यनगर ६ चितवन हो । पुर्ख्यौली थलो ठूलो काभ्रे लमजुङ हो । उनले नेपाली कथानक चलचित्र विमनामा समेत गीत लेखन र संगीत भरेका थिए । उनकी श्रीमती जुनासहित दुई छोरा र एक बुहारी रहेका छन्। सुक गुरुङ उपचार सहयोग समितिका संयोजक जगन गुरुङका अनुसार देश विदेशमा रहेका नेपाली दाजुभाई दिदिबहिनीबाट ५५ लाख रकम संकलन गरेर उपचार गर्दैैगरिएको थियो ।