रबी–रञ्जना काण्ड : ससुराले मिडियामा गरे यस्तो खुलासा (भिडियोसहित) - Crazysaptahik.com

रबी–रञ्जना काण्ड : ससुराले मिडियामा गरे यस्तो खुलासा (भिडियोसहित)


क्रेजी साप्ताहिक
चितवन । रवि रुवालिको वुवा रञ्जनाले आफ्ना छोरालाई लेखेको म्यासेज देखाउँदै मिडियामा आएका छन् । अदालत र मिडियामा रञ्जनाले गलत बोलेको भन्दै रविका बुवा प्रमाण सहित मिडियामा आएका हुन् । उनले यस्तो सवाल जवाफ गर्ने चाहना नहुँदा नहुँदै पनि रञ्जनाले गलत बोलेका कारण आफु मिडियामा आउनु परेको बताएका छन् ।

रञ्जनाले आफु कहाँ बसेको हो भन्ने कुरा परिवारलाई जानकारी गराएको बताएकी थिइन् । तर ससुराले त्यो कुरा होइन भनेका छन् । उनले अष्ट्रेलियामा बुहारी कहाँ बसेकी छन् भन्ने कुरा आफन्तले खोज्दा पनि पत्ता नलागेको बताए । रञ्जनाले रविको अष्ट्रेलिया जाने भिषा नलागेपछि आफुसंग टाढिदै जान थालेको बताएकी थिइन् । रञ्जनाको त्यो कुरा पनि होइन भन्दै उनका ससुराले रञ्जनाले नै रविलाई अष्ट्रेलिया लैजान नचाहेको बताए । उनले रञ्जनाले लेखेको म्यासेज देखाउँदै भने, रविले मेरो भिषा किन लागेन बेबी भनेर सोध्दा रञ्जनाले मैले भगवानलाई तेरो भिषा नलागोस् भनेर पुकारा गरेकी थिए त्यही भएर नलागेको हो । तेरो भिषा नलागेकोमा म खुसी छु भनेर रविलाई लेखेकी छन् ।

उनले आफ्नो छोराको भविष्यका लागि रञ्जनालाई छोरी बनाएर पढाएको बताए । उनले छोरा नपढाएर बुहारीलाई छोरी बनाएर पढाउँदा आफुले अ न्याय सहन परेको प्रतिकृया दिए । उनले अहिले रञ्जनाको बारेमा बोल्न पर्दा पनि आफुलाई पी डा भएको बताए । बुहारीले गरेको तिरस्कारका कारण छोराले जिवन गुमाएको बताए । रञ्जनाले सासु ससुरालाई जानकारी दिएर अष्ट्रेलयामा कोठा सरेको, देवरको विवाहमा नआएकी उनी आफ्नो दिदीको विवाहमा आउँदा पनि जानकारी दिएको भन्ने कुराको पनि ससुराले जवाफ दिएका छन् । अदालतमा आफ्नो अगाडी नै त्यसरी गलत बोलेकी रञ्जनाले मिडिया सामु पनि गलत बोलेको बताए । रञ्जनाले श्रीमानसंग राम्रो सम्बन्ध थियो भनेर बताएको कुरामा पनि ससुराले खण्डन गरेका छन् । उनले दिदीको विवाहमा तीन वर्ष पछि भेटिएको आफ्ना श्रीमानसंग एउटा पनि फोटो किन छैन रु उनले प्रति प्रश्न गरे रञ्जनाको मोवाइलमा एउटा पनि फोटो किन छैन ।

भिडियो हेर्न तल क्लिक गर्नुहोसः

सम्बन्धित खवर