क्रेजी साप्ताहिक दाङ । दाङमा दहको पानिमा डुबेर आइतबार दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१ अठ्ठाइसेको किचेनी दहमा डुबेर उनिहरुको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय भूपेन्द्र धर्तीका साढे दुई वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीका चार वर्षीय छोरा समीर घर्ती रहेका छन् । खेल्ने क्रममा बालक पानीमा डुबेको प्रहरीले जनाएको छ ।