क्रेजी साप्ताहिक सुनसरी । एम्बुलेन्स दुर्घटना हुदा सुनसरीमा एक जनाको मृत्यु भएको छ । भोक्राहा नरसिंह–५ स्थित पुर्व पश्चिम राजमार्गमा ट्रकसँग एम्बुलेन्स ठोकिदा एम्बुलेन्समा सवार उदयपुर चौडण्डीगडी ५ बस्ने ५० बर्षीय चेत बहादुर बिष्टको मृत्यु भएको हो । आज बिहान साढे ८ बजे पश्चिम तर्फ जादै गरेको ना.७ ख.३५५३ नम्बरको ट्रकलाई सोहि दिशा तर्फ जादै गरेको स.१ च.४९६ नम्बरको एम्बुलेन्सले पछाडीबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
साथै एम्बुलेन्स चालक सहित चार जना घाईते भएकोमा तिन जनाको नोबेल अस्पताल बिराटनगर र चालकको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको प्रहरीले जानकरी दिएको छ । ट्रक,एम्बुलेन्स र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।