कृष्णदास (सिद्धबाबा) लाई पुन ३ दिनको म्याद थप - Crazysaptahik.com

कृष्णदास (सिद्धबाबा) लाई पुन ३ दिनको म्याद थप


क्रेजी साप्ताहिक । सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पाँचौ पटक ३ दिनको म्याद थप गरिएको छ । जबरजस्ती करणीको आरोप लागेका उनलाई सुनसरी जिल्ला अदालतले ३ दिनको म्याद थप्दै अनुसन्धानको सम्पूर्ण मिसिल अब अदालतमा बुझाउन सरकारी वकिलको कार्यालयलाई भनिएको छ ।

गिरीलाई ८ नं. इजलासका न्यायाधिस मणिराम न्यौपानेले बाँकी रहेको अनुसन्धानको लागि म्याद थप गरेका हुन् । गिरीलाई बिराटनगरस्थित बिराट नर्सिङ होमबाट एम्बुलेन्स मार्फत अदालत ल्याइएको थियो । म्याद थपसगै उनलाई फेरी बिराटनगर फर्काेइएको छ ।

सम्बन्धित खवर