क्रेजी साप्ताहिक । पर्साको छिपहरमाई गाउँपालिकाको मिर्जापुरमा आगलागी भएको छ । मंगलबार बिहान छिपहरमाई गाउँपालिका–१ मिर्जापुर बस्ने संजित महतो कोइरीको खपडाले छाएको घर र भान्साघरमा आगलागी हुँदा ५ लाख मूल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ
।कोइरीको भन्सा घरबाट अचानक आगलागी हुँदा भन्सा घर र घरभित्र रहेका ना ६२ प ४२५३ र बीआर२२के९५३२ नम्बरको दुईवटा मोटरसाइकल, भण्डारण गरी राखेको २५ क्विन्टल धान तथा ५ क्विन्टल चामल जलेर क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको र आगलागी कसरी हुन पुग्यो भन्नेबार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी छिपहरमाई गाउँपालिका–५ बस्ने जवाहिर साह कलवारको गोठमा सोमबार आगलागी भएको छ । आगलागीबाट गोठमा रहेका दुईवटा गाई जलेर घाइते भएका छन् भने भण्डारण गरी राखेको अन्नपात समेत जल्दा २० हजार मूल्य बराबरकव क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासिन्दा र प्रहरीको सक्रियतामा आगो निभाउन सफल भएको र आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।