क्रेजी साप्ताहिक धनकुटा । भिरबाट लडेर धनकुटाको चौबिसे गाउँपालिका–७ का ५२ बर्षीय लाकबर लिम्बुको मृत्यु भएको छ । खानेपानीको पाईप मर्मतको लागि पैरेपाटा भिरमा गएकोमा सोही भिरबाट लडेर आज विहान साढे ७ बजे लिम्बु घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा दिउँसो सवा १ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।