नेपाल राष्ट्यि जेसिजका अुध्यक्षका उम्मेदवार सन् २०२० का अशोक शंकरलाई जिताऔँ - Crazysaptahik.com

नेपाल राष्ट्यि जेसिजका अुध्यक्षका उम्मेदवार सन् २०२० का अशोक शंकरलाई जिताऔँ


भूमिप्रसाद पाठक  युवावर्गका कुशल नेतृत्वकर्ता अशोक शंकरको छवि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित छन् । सामाजिक क्षेत्रमा नाम कहलिएका निडर स्वाभिमानी जुझारु युवा ब्यवसायी शंकरको जन्म वि.सं २०३९ साल कार्तिक ११ गते साविक ¬(शनिश्चरे १) हालको पथरीशनिश्चरे १० को जिरिखिम्तिमा भएको हो । बुबा भीम शंकर र आमा चन्द्रमायाका जेठा छोरा हुन् ।

जिरिखिम्तीमा बाल्यकाल बिताएका शंकरले कक्षा शिशुदेखि कक्षा १२ सम्म पञ्चायत माविमै पढेका हुन् । सानैदेखि मेहनेती, लागाव राख्ने शंकरले बुबाको पदचाप गदै व्यापार व्यवसायमा हात हालेका हुन् । २०५१ सालदेखि पथरीलाई कर्मथलो बनाएका शंकरले ३७ वर्षका उमेरमा सुनचाँदीको व्यवसायलाई सफलताको शिखरमा पु¥याएका छन् । कर्ममा विश्वास राख्ने शंकरको औपचारिक शिक्षाको कुरा गर्ने हो, भने स्नातक सम्म अध्ययन गरेका हुन् । २०६० सालमा हिमा कार्कीसँग विवाह बन्धनमा बाँधिएका उनका १४ र ७ वर्षका अहिंका र समिका २ छोरीहरु छन् । पथरी जेसिजको इतिहाँस शंकरले कोरेका हुन्, उनी सन् २०१० पथरी जेसिजको संस्थापक अध्यक्ष बनेका हुन् ।

जेसीजको छोटो कार्यकालमा शंकरले सन २०१४ मा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष जस्तो गरिमामय पदमा पुग्ने पथरीका एक्ला व्यक्ति हुन् । उनै शंकरले छोटो कार्यकालमा सफलताको सिँढी चढ्दै गए । त्यसैगरी उनी सन् २०१८ मा नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी पदमा बसेर कार्य सम्पादन गर्ने अवसर पाएका शंकरले, सो पदमा बसेर प्रशस्त अनुभव बटुलेका छन् । यही आउने पुस ९ देखि, १२ गतेसम्म चितवन जिल्लाको रत्ननगरमा हुने ४६ औं नेपाल जेसिजको राष्ट्रिय महा धिवेशनबाट अध्यक्ष पदको उम्मेद्वारी दिएका छन् । ३७ वर्षीय प्रखर स्पष्टवक्ता शंकर देश बाहिर देशभित्र दिनानुदिन चर्चाको शिखरमा पुगेका छन् । नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष पदको उम्मेद्धारी पनि पथरीशनिश्चरे नगरबासीलाई गौरवको विषय बनेको छ । राष्ट्रिय रुपमा आफूलाई उभ्याउन सक्ने शंकरले युवावर्गलाई जेसिजको ढाँचा अनुसार व्यक्तिगत रुपमा तयार पार्ने, नेतृत्वदायी भूमिका निर्वाह गर्ने कुरा उनले हाँस्तै बताए । त्यसमा पनि युवायुवतिहरुलाई व्यक्तिगत चौतर्फी विकास गर्दै लैजाने, समाजका उत्कृष्ट युवाहरुलाई अन्तर्राष्ट्रिय युवाहरुसँग प्रतिस्पर्धा गर्न सक्ने अब्बल बनाउने कुरामा उनले जोड दिने सुनाए ।

‘स्वास्थ्य र स्वच्छ अभियान’ लाई निरन्तरता दिँदै, विश्वका १ सय २० वटा देशमा नेपालको पर्यटकीय सम्भावनालाई बढावा दिने कुरा उनले व्यक्त गरेका छन् । नेपालभरि १ सय ५१ वटा जेसिजका शाखाहरु रहेका छन्, सबै शाखाहरुबाट आफूले साथ, सहयोग प्राप्त हुने कुरामा ढुक्क छन् उनी । आफ्नो ठाउँबाट उत्साहजनक साथ सहयोग पाएर मात्र यो स्थानमा पुगेको र जित्नका लागि थप प्रेरणा मिलेको भेटमा सुनाउन भ्याए । उनी आम समुदायलाई भन्न चाहन्छन्की, व्यक्तित्व र व्यक्तित्व बिकासलाई रोजौँ। मेरो अध्यक्ष पदको उम्मेद्धारी राष्ट्रका युवाहरुको लागि हो । जोसिला, गर्विला, युवाको जोश मेरो अध्यक्ष पदमा मलाई जिताई राष्ट्रको युवाको सेवा गर्न अवसर दिनुहुन्छ भन्ने आशा गरेको छु । राष्ट्रका लागि क्षमतावान भएका जोसिला युवायुवतीहरुलाई नेतृत्वको खाँचो छ, त्यसका लागि सबल उम्मेद्धारको एजेण्डाहरुलाई हेरेर फेरि पनि एक भन्न चाहन्छु । मलाई अत्यधिक मतले विजय गराइदिनुहुन अनुरोध गर्दछु । उनले अन्त्यमा आफ्ना गहनतम विचार सम्प्रेषण गर्ने सञ्चारकर्मीहरुलाई धन्यबाद समेत दिए ।

सम्बन्धित खवर