क्रेजी साप्ताहिक इलाम । ईलामको माई नगरपालिका–५ दाहालटारका ४८ बर्षीय राम बहादुर शंकरले आफुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेका छन् । शंकरले आज बिहान साँढे ६ बजे आफ्नै घाँटी रेटी आत्महत्या गरेको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले शंकरलाई मृत अवस्थामा फेला पारेको थियो ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।