क्रेजी साप्ताहिक । दिनानुदिन बढीरहेको चिसोले यतिबेला सर्वसाधरणको जिवनयापन कष्टकर बन्दै गइरहेको छ । चिसोले गरिब तथा विपन्न परिवारको जीवनलाई त अझै थप असहज बनाएको छ । चिसोले जनजिवन असामान्य भए पछि तरूण दल सुनसरीका सभापति सिजन गुरुङले न्यानो कपडा वितरण रहेका छन् ।
सामाजिक क्रियाकलापहरूमा सक्रिय रहेका गुरुङले इटहरी १ र २० का गरिब तथा विपन्न परिवालाइ न्यानो कपडा वितरण गरेका हुन् । उनले आज इटहरी १ र २० का १९ घर परिवारलाई कपडा वितरण गरेका हुन् । अत्यधिक चिसो बढिरहेकाले जाडोबाट कसैले ज्यान गुमाउनु नपरोस भनेर सानो सहयोग मात्र गरेको उनको भनाइ रहेको थियो ।