संकटा र जावलाखेलले अंक बाँडे - Crazysaptahik.com

संकटा र जावलाखेलले अंक बाँडे

संकटा क्लब र प्रभु बैंक जावलाखेल युथ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार १–१ को बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा भएको खेलको ७२ औं मिनेटमा ड्याडी जुनियर बाम्बाले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । फ्रिकिकमा आएको बललाई जुनियरले हेडमार्फत पोष्टको दिशा लिएका थिए ।

संकटाले पहिलो हाफमा कप्तान लक्ष्मण रुचालको गोलबाट अग्रता लिएको थियो । ३६ औं मिनेटमा फोडे फोफानेले आफैलाई लडाएपछि प्राप्त फ्रिकिकमा लक्ष्मणले झन्डै ३५ यार्डबाट गोल गरेका थिए ।

त्यसअघि आठौं मिनेटमा जावलाखेलका फोडे फोफानोले बक्सभित्र पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । लगत्तै सोही टोलीका ड्याडी जुनियर वाम्वाको प्रहार आकासियो । तीन खेलमा अपराजित रहेको जावलाखेलको खातामा ५ अंक र संकटाको ४ अंक पुगेको छ । रुस्लान थ्रीस्टारसँग पहिलो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाढेको जावलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १–० ले पराजित गरको थियो ।

संकटाले यसअघिका २ खेलमा १ मा जित र अर्कोमा हार बेहारेको थियो । च्यासलसँग २–० पराजित भएको संकटाले दोस्रो खेलमा एनआरटीलाई १–० ले पराजित गरेको थियो ।

यसअघि सातदोबाटोमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई १–० ले हराउँदै मनाङ मस्र्याङ्दी क्लब शीर्षस्थानमा उक्लेको छ । ३ खेलमा मनाङको ९ अंक पुगेको छ । बिबिसीको ३ खेलमा ३ अंक छ ।
– हाम्रो खेलकुद

सम्बन्धित खवर