पिस म्युजिकल कन्सर्टः राजेशपायलले बेलबारी तताउने - Crazysaptahik.com

पिस म्युजिकल कन्सर्टः राजेशपायलले बेलबारी तताउने


क्रेजी साप्ताहिक बेलबारी । मोरङको बेलबारी चौकमा भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै पिस म्युजिकल कन्सर्टको आयोजना हुने भएको छ । ‘से नो टु ड्रग्स’ भन्ने मुलनाराका साथ स्थानिय ‘शान्ति युवा समुह’ले विहिबार पत्रकार सम्मेलनमार्फत बृहत साँस्कृतिक कार्यक्रमको आयानेजना गर्न लागेको जानकारी दिएको छ ।

मोरङको बेलबारी ९ स्थित नलबारीमा ‘नेपाल भ्रमण बर्ष २०२०’ लाई आफ्नो स्थानबाट स्वागत गर्न तथा लागु औषधका सम्बन्धी सचेतना गर्न ‘से टु नो ड्रक्स’ – म्युजिकल कन्सर्टको आयोजना गरिएको आयोजकले जनाएको छ । यहि पौष २५ गत्ते शुक्रबार हुने उक्त कार्यक्रममा सर्वा्धिक लोकप्रिय मेघास्टार राजेशपायल राई, हास्य कलाकार उमेश राई ‘फुलन्देको आमा’, सेरा थामी, सञ्जिब धिमाल, विनोद खम्बु लगायत लोकप्रिय कलाकाहरुको विशेष प्रस्तुती हुने भएको छ । त्यस्तै एस्तर सिन्चौरी, मोडल माया थामी, मनिता राई, कोरियोग्राफर गरिमा डान्स सेन्टर, धरानको विशेष प्रस्तुती लगायत क्षेत्रीय तथा स्थानीय कलाकारहरुको उपस्थिती रहनेछ ।

कार्यक्रममा स्थानीयताको प्रचारप्रसार प्रर्वद्धन तथा सम्बद्र्धन गर्न विभिन्न जातीय समुदायको सांस्कृतिक नृत्यहरुसमेत प्रर्दशन गरिने भएको छ । पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिँदै कार्यक्रमको लागि अनुमानित १० लाख खर्च हुनेसमेत धर्मराज राईले जानकारी दिए । उक्त पत्रकार सम्मेलनमा क्लबका पुर्बअध्यक्षहरु प्रेम राई, प्रकाश राई, कलाकार, पत्रकारहरुको उपस्थिती रहेको सञ्चालक अजित धिमालले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.