आधाराभुत तह स्तरीय नृत्यमा पञ्चायत मा.वि प्रथम - Crazysaptahik.com

आधाराभुत तह स्तरीय नृत्यमा पञ्चायत मा.वि प्रथम


भूमिप्रसाद पाठक
मोरङको पथरीशनिश्चर १ मा रहेको पञ्चायत मा.विमा शुक्रबार आधारभूत तह स्तरीय सामूहिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितात्मक कार्यक्रममा प्रथम,द्धितीय, तृतिय र सान्त्वना पूरस्कार क्रमशः पञ्चायत मा.वि, सुनाखरी मा.वि, जालपासिंहदेवि आधारभूत विद्याललय र हिरक आधारभूत विद्यालयले जितेका छन् ।

पथरीशनिश्चरे नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख सालिकराम काफ्ले को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कारितास नेपाल दमक शाखाका प्रमुख एल.एन पोख्रेलको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रमका विजयी समूहलाई कारितास नेपाल दमक शाखाका प्रमुख पोख्रेल, पञ्चायत मा.विकी सहायक प्रधानाध्यापक विना राई र विद्यालय ब्यवस्थापन समिति अध्यक्ष आइतकुमारी तुम्वापोले प्रमाण–पत्र सहित पुरस्कार प्रदान गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष आइतकुमारी तुम्वापोको अध्यक्षतामा भएको कार्यक्रमलाई शिक्षक दिनेश सुवेदीले सञ्चालन गरेका थिए । कार्यक्रमको आयोजना पञ्चायत मा.वि र प्रायोजक कारितास नेपाल दमक शाखाले गरेको हो ।

सम्बन्धित खवर