आइएसद्वारा ११ इसाई बन्धकको शिरोच्छेदन गरी हत्या - Crazysaptahik.com

आइएसद्वारा ११ इसाई बन्धकको शिरोच्छेदन गरी हत्या

चरमपन्थी इस्लामिक स्टेट (आइएस) समूहले आफ्नो नियन्त्रणमा रहेका ११ जना इसाई बन्धकको शिरोच्छेदन गरी मारिदिएको छ ।

नाइजेरियास्थित बोको हराम समूहको एक जत्थाले यी इसाईहरुको हत्या गरेको छ । नाइजेरियामा लामो समयदेखि आतंक मच्चाउँदै आएको बोको हराम अहिले आइएसको वेस्ट अफ्रिका प्रोभिन्स मातहत छ । नियन्त्रणमा रहेका इसाईहरुको हत्या गरेपछि आइएसले एक भीडियो समेत जारी गरेको छ, जहाँ केही मानिसहरुको शिरोच्छेदन गरिदिएको दृश्य देखाइएको छ ।

आइएसको तथाकथित समाचार एजेन्सी अमाकले जारी गरेको सो भीडियो ५६ सेकेण्ड लामो छ । मारिनेहरुको पहिचान नखुलेपनि ती सबै पुरुष रहेको बुझिएको छ। उनीहरुलाई आइएसले नाइजेरियाको उत्तर–पूर्वी बोर्नो राज्यबाट अपहरण गरेको थियो ।

यो हत्यालाई आइएसले आफ्ना प्रमुख अबु बकर अल बग्दादीको हत्याको बदलाको रुपमा अर्थ्याएको छ । आइएसका प्रमुख बग्दादीलाई अमेरिकी सेनाको विशेष टुकुटीले यही अक्टोबरमा मारिदिएको थियो । सिरियाको इडलिबमा गरिएको सैन्य कारबाहीमा बग्दादीसहित उनका परिवार र आइएसका प्रवक्ताको पनि मृत्यु भएको थियो ।

सम्बन्धित खवर