क्रेजी साप्ताहिक काठमाडौं । ललितपुरको सानेपामा रहेको एक कवाडी पसलमा गएराति आगलागी भएको छ । गएराति ८ बजे राजेश पाश्वानले सञ्चालन गर्दै आइरहेको पसलमा आगलागी भएको थियो ।
आगलागीबाट पसलमा रहेका सबै सामान जलेर नष्ट भएको छ । आगो फैलिएपछि नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल बोलाइएका थिए । करिब १ घण्टापछि आगो नियन्त्रणमा आएको सानेपा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।