क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं १० को जिरिखिम्तीमा रहेको कञ्चन्जंघा दैवि प्रकोप व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले एपिएफ पूर्वाञ्चलका खेलाडिलाई जर्सि प्रदान गरेका छन् । पथरीशनिश्चरे १० निवासी ढुंगाना अहिले विराटचौकमा बस्दै आएका छन् ।
सामाजिक कार्यमा निरन्तर सक्रिय उनले सो क्लबका फुटबल खेलाडीलाई २० जोर जर्सि प्रदान गरेका थिए । उनिसँग क्लवका कोच समेत रहेका सुवास गिरिले समेत सहकार्य गरेका थिए । जर्सिमा भिजिट नेपाल २०२० को समेत प्रचार गरिएको छ । नेपाल सरकारको भिजिट नेपाल २०२० को अभियानलाई समेत थप सहयोग पुग्ने हेतुले जर्सिमा समेत सो कुरा राएिको ढुंगानाले बताए । करिब १६ हजार नगद बराबरको जर्सि उनिसँगै टिमका कोच सुवास गिरिको सहकार्यमा हस्तान्तरण गरिएको थियो । अर्थिक अभावमा पथरीशनिश्चरे १० मा रहेको कञ्चञ्जंघा दैवि प्रकोप व्यवस्थापन समितिको कार्यालयलाई समेत उनले आर्थिकदेखि भौतिक तथा अन्य विभिन्न सहयोग गर्दै आएइका छन् ।