५ हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरी जवान पक्राउ - Crazysaptahik.com

५ हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरी जवान पक्राउ


क्रेजी साप्ताहिक । सशस्त्र प्रहरी जवान सचितनारायण विश्वास विराटनगर महानगरपालिकाबाट घुस सहित पक्राउ परेका छन् । विराटनगर–११ बसपार्कबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पाँच हजार पाँच सय रुपैयाँ घुससहित सोमबार दिउँसो विश्वासलाई पक्राउ गरेको हो ।

अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले भारतबाट प्याज ल्याउन सहज बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा विश्वासलाई पक्राउ गरिएको बताए । कारबाही अघि बढाउन उनीमाथि आवश्यक अनुसन्धान सुरु गरिने ढकालको भनाइ छ । विराटनगरस्थित सशस्त्र प्रहरीको बीओपी पोस्ट बखरीमा कार्यरत विश्वासलाई केही समयदेखि घुमुवाका रुपमा खटाइएको थियो । उनी मोरङको ग्रामथान गाउँपालिकाको तेतरियाका बासिन्दा हुन् ।

सम्बन्धित खवर