वीरगञ्ज महानगरका कर्मचारी घुससहित पक्राउ - Crazysaptahik.com

वीरगञ्ज महानगरका कर्मचारी घुससहित पक्राउ


क्रेजी साप्ताहिक वीरगञ्ज । वीरगञ्ज महानगरपालिका कार्यालयका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।अख्तियारले १५ हजार रुपैयाँ घुससहित कार्यालयको लेखा फाँटमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाललाई पक्राउ गरेको हो ।

राकेशलाई अख्तियारको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख शिव काफ्लेले भने वीरगञ्जमा अपरेशन चलाएको तर थप विवरण आइनसकेको बताए ।

सम्बन्धित खवर